युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ – Nepal Press

युवा वैज्ञानिक मार्शल रोका बलात्कार आरोपमा पक्राउ

दाङ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएकी थिइन् ।

युवतीको उजुरीका आधारमा रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । पक्राउ परेका रोकालाई आज दाङ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

घोराही- १६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् । उनले पेट्रोलविना खोटोबाट मोटरसाइकल चलाउनेदेखि अटोमेटिक स्यानिटाइजर टनेलको आविष्कारसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *