नागरिकता विधेयक प्रमाणीकरणप्रति सीके राउतले गरे खुशी व्यक्त – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरणप्रति सीके राउतले गरे खुशी व्यक्त

टीकापुर घटनाका अन्य निर्दोषलाई रिहा गर्न माग

जनकपुरधाम । जनमत पार्टीले विगत लामो समयदेखि नागरिकताविहीन रहेका योग्य नेपालीहरूलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोमा खुशी व्यक्त गरेको छ ।

जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले विज्ञप्ति जारी गर्दै नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिएकोमा खुशी व्यक्त गरेका हुन् । उनले नागरिकता विहीनताका कारण ज्यान गुमाउनु परेका ज्ञात-अज्ञात व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राउतले टीकापुर विद्रोहमा निर्दोष रहेर पनि मुछिएका पूर्वसांसद् रेशमलाल चौधरीलाई आममाफी दिएकोमा राष्ट्रपतिलाई धन्यवाद व्यक्त गर्दै उक्त घटनामा मुछिएर जेल जीवन बिताइरहेका अन्य निर्दोष आन्दोलनकारीहरूको पनि रिहाइको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर