कांग्रेस, माओवादी र नेकपा एसनिकट ७६ कलाकार एमाले प्रवेश (सूचीसहित) – Nepal Press

कांग्रेस, माओवादी र नेकपा एसनिकट ७६ कलाकार एमाले प्रवेश (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसनिकट ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज पार्टी कार्यालय च्यासलमा जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गरे । उनले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न कलाकारहरुलाई आह्वान गरे ।

उनले पार्टीमा प्रवेश गरेका कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताए । एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उनको भनाई थियो ।

तस्बिरहरू: गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर