नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्नेलाई बाबुरामले भने- यस्तो पाखण्डी हर्कत नगर्नू – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्नेलाई बाबुरामले भने- यस्तो पाखण्डी हर्कत नगर्नू

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गर्नु जायज भएको बताएका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको नागरिकता विधेयक पौडेलले प्रमाणिकरण गरेपछि समर्थन जनाएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ढिलै भए पनि राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण हुन् र जायज नागरिकताको अधिकारबाट वन्चित लाखौं युवाहरूले आफ्नो सुन्दर भविष्यको ढोका खोल्न पाउनु स्वागतयोग्य कुरा हो ।

नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिंगसँग जोडेर आफुलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैलाई नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘नागरिकता जस्तो नैसर्गिक अधिकारको विषयलाई कुनै जाति, धर्म, लिंगसँग जोडेर आफूलाई मात्र देशभक्त र अरूलाई राष्ट्रिघाती भन्ने पाखण्डी हर्कत कसैले नगरून् । जुनसुकै जाति/धर्म/लिंग को व्यक्ति देशभक्त वा राष्ट्रघाती हुनसक्छ तर पूरै जाति वा समूह हैन !’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *