विद्युत र पेट्रोलियमबाट चल्ने ‘हाइब्रिड’ गाडीको पनि बढ्यो कर – Nepal Press

विद्युत र पेट्रोलियमबाट चल्ने ‘हाइब्रिड’ गाडीको पनि बढ्यो कर

काठमाडौं । सरकारले विद्युत र पेट्रोलियम पदार्थबाट चल्ने ‘हाइब्रिड’ कारको पनि कर बढाएको छ ।

हाइब्रिड कारलाई चार्ज गरेको शक्ति र पेट्रोलियम पदार्थबाट सञ्चालन गर्न सकिन्छ । सरकारले विद्युतीय र पेट्रोलियम दुबै शक्तिबाट सञ्चालन हुने कारको अन्तःशुल्क वृद्धि गरेको हो ।

आर्थिक ऐन २०८० मा अन्तःशुल्क वृद्धि गरिएको छ । ८ वटा भन्सार उपशीर्षकमा आयात हुने हाइब्रिड गाडीमा अन्तःशुल्क वृद्धि भएको हो । ४५ प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा १५ प्रतिशत वृद्धि गरेर ६० प्रतिशत पुर्‍याइएको छ ।

विद्युतीय गाडीहरुको पनि सरकारले कर वृद्धि गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर