बजेटले राजश्व बढाएसँगै झन बढ्याे सुनको मूल्य – Nepal Press

बजेटले राजश्व बढाएसँगै झन बढ्याे सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुनको भाउ तोलामै १ हजार ५०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म‌ंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो।

यो दिन छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ।

मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य सामान्य बढेपनि आर्थिक वर्ष २०८० ८१ को बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएसँगै सुनको मूल्य हालसम्मै उच्च रहेको महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस १९६३ डलर रहेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर