नयाँ बजेट: कुन पालिकालाई कति छुट्याइयो ? (पूर्णपाठसहित) – Nepal Press

नयाँ बजेट: कुन पालिकालाई कति छुट्याइयो ? (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहका लागि ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

केन्द्र सरकारले प्रदेश सरकारहरुलाई समानिकरण अनुदान, सर्शत अनुदान र विशेष अनुदान गरि तीन शीर्षकमा रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। यस्तो रकम सबैभन्दा धेरै कर्णाली प्रदेशले पाएको छ।

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले १६ अर्ब २७ करोड ३९ लाख रूपैयाँ अनुदान पाउने छ। प्रदेशका लागि मात्रै १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रूपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गरिने भएको छ ।

यस्तै कोशी प्रदेशले १६ अर्ब ११ करोड ७० लाख रूपैयाँ, मधेसले १३ अर्ब ४५ करोड ३५ लाख, गण्डकीले १३ अर्ब ६० करोड ४० लाख, लुम्बिनीले १५ अर्ब ३८ करोड ४२ लाख र सुदूरपश्चिमले १४ अर्ब ४२ करोड १९ लाख रूपैयाँ पाउनेछन्।

६ वटा महानगरपालिकालाई विभिन्न अनुदान शीर्षकमा १० अर्ब ३१ करोड ९८ लाख रूपैयाँ बजेट पठाएको छ। ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब बराबरको बजेट ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर