शेयर लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस- आयकरको दायरामा आउनुपर्दैन, नआत्तिनुस् (भिडिओ) – Nepal Press

शेयर लगानीकर्तालाई अर्थमन्त्रीको ढाडस- आयकरको दायरामा आउनुपर्दैन, नआत्तिनुस् (भिडिओ)

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम लगानीकर्तालाई आयकरमा आउन नभनिएको स्पष्ट पारेका छन् ।

बुधबार आर्थिक पत्रकार समाजले (सेजन) आयोजना गरेको पोस्टबजेट छलफलमा अर्थमन्त्री महतले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।

मन्त्री महतले भने, ‘जसले कारोबारका क्रममा घाटा खाएका छन् त्यसमा पनि कर लगाउने भन्ने कुरै छैन । ९९.९९ प्रतिशत करभित्र पर्ने विषय गरेका छैनौं । देशभरका लगानीकर्ता आतिनुपर्ने केही पनि कारण छैन ।’

शेयर लगानीकर्ता आयकरको दायराभित्र नआउने उनले स्पष्ट पारे । अहिले शेयर लगानीकर्तालाई करका रूपमा पूँजीगत लाभकरमात्र लाग्दै आएको छ । अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ५ प्रतिशत लाभकर लाग्दै आएको छ । त्यही करलाई अन्तिम कर मानिएको छ ।

अहिले शेयर लगानीकर्ता सरकारले अतिरिक्त कर लगाउँन खोजेको भन्दै आर्थिक विधेयकको केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर