जात व्यवस्था उन्मूलन मोर्चाको अध्यक्षमा डोलराज विश्वकर्मा, महासचिवमा रुपा सुनार चयन – Nepal Press

जात व्यवस्था उन्मूलन मोर्चाको अध्यक्षमा डोलराज विश्वकर्मा, महासचिवमा रुपा सुनार चयन

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुती’ले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भातृ संगठन जात व्यवस्था उन्मूलन मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

चितवनमा सम्पन्न सम्मेलनले डोलराज विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल र ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । अध्यक्ष मण्डलबाट ६-६ महिना चक्रीय प्रणालीमा नेतृत्व गर्ने गरी पहिलो ६ महिनाका लागि विश्वकर्मा अध्यक्ष चयन भएका हुन् ।

मोर्चाको अध्यक्ष मण्डलमा विश्वकर्मासहित दिपनारायण दास, शान्ति गजमेर, प्रेम गैरे र रवि नेपाली चयन भएका छन् । मोर्चाको महासचिवको जिम्मेवारी रुपा सुनारलाई दिइएको छ भने सचिवमा निर्जन विश्वकर्मा र कोषाध्यक्षमा अस्मिता वादी चयन भएकी छन् ।

भेलाले ४० प्रतिशत महिला र १० प्रतिशत गैरदलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कमिटी गठन गरेको महासचिव सुनारले नेपाल प्रेसलाई जानकारी दिईन ।

केन्द्रीय समितिको सदस्यमा जसिन्द्र श्रीपाली, ईश्वरा शिवा, बुद्धि पासवान, पुजन हिङमाङ, गणेश दर्जी, मञ्जु पासवान, अस्मिता परियार, बुद्धिमाया विक, सञ्जय महरा, रिंकुकुमार रायभर, कर्णबहादुर विक, प्रकाश विसी, जितुमान घताने, लक्ष्मी विक, तारा सुनाम, प्रमिता परियार, मिलन बस्यल, श्रीशा शाही, अर्जुन विक, अनुपमा करारा, यमन विश्वकर्मा, एसबी श्रीपाली, टपेन्द्र नेपाली, शोभा कैनी, मंगल बाजुरेली, दिनेश सार्की, दिपेश नेपाली र हिक्मत विक रहेका छन् ।

त्यस्तै, कर्ण कार्कीढोली, सुधिर गहतराज, जीवन विक, विकास साशंकर, शंकर महरा, सिता बराईली, बसन्त विक, ज्ञानेन्द्र विक र मनकुमार लकान्द्री पनि सदस्यमा चयन भएका छन् ।

भेलाले मोर्चाको सातै प्रदेश संयोजकसमेत तोकेको छ । जसमा प्रदेश न. एकमा पुजन हिङमाङ, मधेस प्रदेशमा जीवन विक, नेवा तामसालिङ प्रदेशमा लक्ष्मी विक, गण्डकी प्रदेशमा तारा सुनाम, लुम्बिनी प्रदेशमा अर्जुन विक, कर्णाली प्रदेशमा लक्ष्मण विक, सुदूरपश्चिम प्रदेशमा मंगल बाजुरेली, सम्पर्क समितिको संयोजकमा बसन्त सापकोटा चयन भएका छन् ।

७० जिल्लाका करिब तीन सय जना भन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न सम्मेलनले विभिन्न ८ बुँदे राजनीतिक प्रस्ताव पनि पारित गरेको छ ।

सम्मेलनले जातीय भेदभाव र छुवाछूतकै कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारलाई न्याय दिन माग गरेको छ ।

सम्मेलनले जात व्यवस्था उन्मूलनको कार्यभार पूरा गर्ने संकल्प गरेको छ भने रुकुम पश्चिमको चौरजहारीमा हत्या भएका नवराज विकसहित ६ जना र काभ्रेका अजित मिजारलाई न्याय दिन सरकारसँग माग गरेको महासचिव सुनारले जानकारी दिईन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *