सरकार र संसद भ्रष्टाचारको केन्द्र भए, सांसद विकास कोष खारेज गरौं : हाम्रो नेपाल पार्टी – Nepal Press

सरकार र संसद भ्रष्टाचारको केन्द्र भए, सांसद विकास कोष खारेज गरौं : हाम्रो नेपाल पार्टी

काठमाडौं । हाम्रो नेपाल पार्टीले सांसद विकास कोष ब्यूँझाउनु जनमुखी नभइ कार्यकर्तामुखी भएको भन्दै खारेजीको माग गरेको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै सांसद विकास कोषमा सरकारले नयाँ बजेटमार्फत प्रतिसांसद ५ करोडका दरले ८ अर्ब २५ बजेट छुट्याएकोमा विरोध गर्दै कोषको खारेजीको माग गरेको हो ।

पार्टीका प्रवक्ता ई. डिल्लिश्वोर कार्की (रोहन)ले एक विज्ञप्ति जारी गर्दै देशमा सरकार र सिंगो संसद स्वयम् भ्रष्टाचारको केन्द्र जस्तो भान हुँदै गएको बताए ।

आम जनतालाई यस कोषको विरोध गर्न तथा सांसदहरुलाई कोषको रकम बहिष्कार गर्न समेत पार्टीले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर