दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले भने- शुभयात्रा – Nepal Press

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले भने- शुभयात्रा

काठमाडौं । दक्षिण अफ्रिका भ्रमणबाट छुटेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू यो भ्रमणमा समावेश नभएको जनाउ पनि दिएका छन् ।

आज पनि जिल्ला अदालतको सुनुवाइ स्थगित भएपछि सन्दीपले दक्षिण अफ्रिका नजाने निर्णय लिएका थिए । सन्दीपविनाको टीम आजै बेलुकी त्यसतर्फ उड्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ । त्यसपछि जिम्बावेमा हुने विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुनेछ ।

दक्षिण अफ्रिका भ्रमणमा छुटेका सन्दीपले जिम्बावे जाने वा नजाने निर्णय लिइसकेका छैनन् । विश्वकप छनोट सुरु हुनुअघि पनि मुद्दाको सुनुवाइ भएन भने नजाने उनको मनस्थिति छ ।

आफ्नो फेसबुक स्टाटसमा सन्दीपले लेखेका छन्, ‘मलाई तपाईंहरु र तपाईंहरुको क्षमतामा विश्वास छ । तपाईंहरु सबैले नेपालको क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो सम्भावना देखाइसक्नुभएको छ । अब समय आएको छ कि तपाईंहरुले फेरि आफ्नो क्षमतामा विश्वास गर्ने । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनुहोला । टीमलाई अगाडिका लागि शुभकामना र शुभयात्रा ।

उनले आफू नभएको राष्ट्रिय टीमको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *