मेयरले अपमान गरेको भन्दै महिला सांसदले सदनमै मागिन् न्याय – Nepal Press

मेयरले अपमान गरेको भन्दै महिला सांसदले सदनमै मागिन् न्याय

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)की सांसद ललिता दासले लहान नगरपालिकाका मेयर महेश चौधरीले अपमान गरेको भन्दै न्याय मागेकी छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले अपमान गर्ने मेयर चौधरीमाथि कारबाही हुनुपर्ने माग गरेकी छन् ।

प्रमुख अतिथि बन्न नदिएर मेयर चौधरीले आफूलाई अपमान गरेको उनको आरोप थियो ।

सांसद दासले भनिन्, ‘दलित जनकल्याण युवा क्लवले प्रमुख अतिथिको रुपमा मलाई बोलाएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलाई आसनग्रहण समेत गराइयो । तर, मेयर चौधरीले आक्रोशित भएर पुनः कार्यक्रम सुरु गर्न लगाए र उनी आफू प्रमुख अतिथि बने ।’

मेयर चौधरीले आफूलाई मात्र नभएर सम्पूर्ण दलित र महिलालाई अपमान गरेको सांसद दासको भनाइ छ । उनले संविधानको समेत धज्जी उडाउने संस्थाका अध्यक्ष विनोद विसुन्के र मेयर चौधरीमाथि मानहानी मुद्दा दर्ता हुनुपर्ने बताइन् ।

चौधरी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् । निर्वाचनमा गठबन्धन भएकाले आफूसमेतले सहयोग गरेको तर अहिले उनै मेयर चौधरीले जातको नाममा विभेद गरिरहेको सांसद दासले आरोप लगाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *