विद्युतीय क्षेत्रमा भारतसँग लङ टर्म पावर डील गर्छौं : परराष्ट्रमन्त्री साउद (भिडिओ) – Nepal Press

विद्युतीय क्षेत्रमा भारतसँग लङ टर्म पावर डील गर्छौं : परराष्ट्रमन्त्री साउद (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भ्रमणपछि भारतसँगको सम्बन्ध बलियो हुने दाबी गरेका छन् ।

सिंहदरवारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणमा केही महत्वपूर्ण एजेण्डाहरू समावेश गर्न खोजेको बताए ।

उनले भने, ‘विद्युतीय आयोजनाहरुमा भारतीय लगानी आर्कषण गर्ने, ट्रान्समिसन लाइन विद्युत व्यापारको लागि वातावरण बनाउने, भारत सँगसँगै बंगलादेशसम्म विद्युत व्यापारको वातावरण बनाउने विषयमा सरकार केन्द्रित छ ।’

विद्युत क्षेत्रमा लगानी बढाउन भारतसँग लङ टर्म पावर डील गर्ने कोसिस गरिरहेको उनले बताए ।

विद्युतीय क्षेत्रमा लगानी गरेपछि लगानीकर्ता पनि आश्वास्त हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर