सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, मुद्दा चाँडो किनारा लगाउन माग (तस्बिरहरू) – Nepal Press

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, मुद्दा चाँडो किनारा लगाउन माग (तस्बिरहरू)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मङ्गलवार भेला भएका युवाहरूले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरूको माग छ । लगातार पेसी सारिएपछि युवाहरू सडकमा उत्रिएका हुन् ।

यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मङ्गलवार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागे पछिमात्र फैसला सुनुवाइ हुने बताएको हो ।

साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् ।


प्रतिक्रिया

One thought on “सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, मुद्दा चाँडो किनारा लगाउन माग (तस्बिरहरू)

  1. चरम भ्रष्टाचार ले लिप्त नेपाल को अदालत अब बिघटन गर्नुपर्छ नभए जनबल ले ध्वस्त पार्नु पर्छ अदालत नै अपराधी को अखडा भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर