‘अखण्ड भारत’ को नयाँ नक्साबारे ओली- प्रधानमन्त्रीले गल्ती सच्याऊ भन्न सक्नुपर्छ (भिडिओ) – Nepal Press

‘अखण्ड भारत’ को नयाँ नक्साबारे ओली- प्रधानमन्त्रीले गल्ती सच्याऊ भन्न सक्नुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति आपत्ति जनाएका छन् । नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले ध्यानाकर्षण गराएका हुन् ।

अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए ।

भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहारलाई उचित भन्न नमिल्ने ओलीको भनाइ थियो ।

‘लुम्बिनि, कपिलवस्तु भारतको नक्सामा पारेर संसद भवनमा काठमा कुँदेर संसदले राख्यो भने पछि यो भन्दा सानो छिमेकीलाई मैले देखेको छैन । सुनेको छु । भारत सरकारले होइन, हटायो भने, होइन भनेर खण्डन गर्‍यो भने अथवा त्यो हटायो भने वा गल्ती महसुस गर्‍यो भने त्यो आफ्नो ठाउँमा छ । तर, नेपालको भूमि आफ्नो नक्साभित्र हालेर संसदजस्तो ठाउँमा भारतजस्तो एउटा पुरानो, सुदृढ, नमूना लोकतन्त्र भनिएको देशले त्यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भोली भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ?, ओलीको प्रश्न थियो ।


प्रतिक्रिया

One thought on “‘अखण्ड भारत’ को नयाँ नक्साबारे ओली- प्रधानमन्त्रीले गल्ती सच्याऊ भन्न सक्नुपर्छ (भिडिओ)

  1. भारतिय विस्तारवाद मु्दावाद हाम्रो भुभाग तुरुन्त छोड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर