महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्वारा दिउँसै लुटपाट (भिडिओ) – Nepal Press

महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्वारा दिउँसै लुटपाट (भिडिओ)

जनकपुरधाम । महोत्तरीको औरही गाउँपालिका-२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ ।

पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बैंकबाट ३८ लाख रूपैयाँ लुटेर लगेको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । खोजी गरिरहेका छौं ।’

लुटपाटपछि बैंक बन्द गरिएको छ । अहिले बैंक आसपास भिड बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर