प्रधानमन्त्री भन्छन्- गौर र राजदरबार हत्याकाण्डको छानबिन गर्छौं, ठूला भ्रष्टाचारको फाइल खोल्छौं (भिडिओ) – Nepal Press

प्रधानमन्त्री भन्छन्- गौर र राजदरबार हत्याकाण्डको छानबिन गर्छौं, ठूला भ्रष्टाचारको फाइल खोल्छौं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने बताए ।

अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताए ।

प्रधानमन्त्रीले यस्ता काण्डहरुको फाइल खोल्न अघि बढ्दा आफूलाई जनयुद्धको सुरुवात गर्ने बेलाको जस्तै अवस्था आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर