ऋषिकेशलाई लेखा समितिको सभापतिमा पठाउने एमालेको तयारी – Nepal Press

ऋषिकेशलाई लेखा समितिको सभापतिमा पठाउने एमालेको तयारी

काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउने प्रचलनलाई सत्ता गठबन्धनले नतोड्ने भएको छ । गठबन्धन दलहरूले लेखा समितिको सभापति नेकपा एमालेलाई छाड्ने निश्चित भएको छ ।

यसबाहेक अन्य कम्तीमा २ संसदीय समितिको नेतृत्वसमेत एमालेले पाउने सम्भावना छ । लेखा समितिको सभापति आफैंमा महत्वपूर्ण पद हो । यसपटक एमालेबाट लेखा समितिको सभापति को बन्ला ?

अहिलेसम्म दलमा यसबारे छलफल नभए पनि नेताहरूबीच ऋषिकेश पोखरेललाई सभापति बनाउने समझदारी भएको स्रोतले जनाएको छ । मोरङ २ बाट निर्वाचित एमाले सांसद पोखरेल एमालेका जिल्ला अध्यक्ष पनि हुन् ।

लेखा समितिमा एमालेबाट योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली सदस्य छन् ।

सिनियर नेताका आधारमा योगेश भट्टराई, गोकुल बास्कोटा र अच्युत मैनालीको नाम पनि चर्चामा आएको छ । तर, २ पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका पोखरेललाई यसपटक लेखा समितिको सभापति बनाउने मनसाय अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको एमाले संसदीय दलका एक पदाधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर