मलेसियाविरुद्धको दोस्रो टी–२० मा नेपाल ७ विकेटले विजयी – Nepal Press

मलेसियाविरुद्धको दोस्रो टी–२० मा नेपाल ७ विकेटले विजयी

काठमाडौं । टी–२० श्रृंखलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टिम मलेसियाविरुद्ध ७ विकेटले विजयी भएको छ ।

मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय ३ रन बनायो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्रीले अलराउन्ड प्रदर्शन गरिन् । ४ ओभर बलिङ गर्दा १६ रन खर्चिएर दुई विकेट लिएकी उनले अविजित २९ रन जोडिन् ।

टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि ओपनर विनिफ्रर्ड दुराइसिनगाम र वान जुलियाले समान २० रन योगदान गरे । मास इलेसाले सर्वाधिक २८ रन र ऐन्ना हमिज हसिम १४ रनमा अविजित रहिन् ।

नेपालका कविता कुँवर र इन्दु वर्माले एक–एक विकेट लिए । नेपालको ब्याटिङमा कप्तान रुविनाले अविजित २९ रन योगदान गर्दा, ओपनर कविता कुँवरले २६ रन र सिता राना मगरले २३ रन जोडे । विन्दु रावल १७ रनमा आउट भइन् ।

मलेसियाका ऐस्या एलिसा, माहिरा, निक नुर र विनिफर्डले समान एक विकेट लिए । ५ खेलको शृंखलामा नेपाल पहिलो टि–२० मा ५ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेल बिहिबार, चौथो र पाँचौं खेल क्रमशः शनिवार र आइतबार खेलेर स्वदेश फर्किने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *