रियलमीका नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा आउँदै, के के छन् विशेषता ? – Nepal Press

रियलमीका नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा आउँदै, के के छन् विशेषता ?

काठमाडौं । रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा स्मार्टफोन मोडलहरू नेपालमा लन्च गर्ने भएको छ ।

रियलमी नेपालले छुट्टै रुचि, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) को लागि डिजाइन गरिएको जनाएको छ ।

कम्पनीले चाडै लन्च गर्न लागेको नयाँ स्मार्टफोनमा ब्याट्री (चार्जिङ), चिपसेट (कार्यसम्पादन) र क्यामेरामा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउने कम्पनीको भनाई छ ।

कम्पनीले मोडल–नार्जो एन ५३ लाई अहिलेसम्मको सबैभन्दा स्लिम मोडल बताएको छ ।

जसमा ३३ वाटको फास्ट चार्जिङ, अद्वितीय क्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको एफएचड डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ ।

त्यसैगरी, कम्पनीले नार्जो एन ५५ लाई ब्याट्रीको असली पावर हाउस नाम दिएको छ । जसमा शक्तिशाली ५ हजार एमएएचको ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ रहेको छ ।

त्यस्तै फोटोग्राफी फंक्सन भएका ६४ एमपीको एआइ क्यामरा र ८ एमपीको सेल्फी क्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडी प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ ।

साथै यसमा मेडियाटेक हेलियो जि ८८ चिपसेट, १२ जीबीको डाइनामिक र्‍याम, रियलम युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको कम्पनीले खुलाएको छ ।


प्रतिक्रिया

One thought on “रियलमीका नार्जो एन ५५ र नार्जो एन ५३ नेपाली बजारमा आउँदै, के के छन् विशेषता ?

  1. धेरै राम्रो लेख। शेयर गर्न को लागी धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर