एभरेस्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई – Nepal Press

एभरेस्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई

नाम्चे । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १९ औ सस्करणको ४२ किमि तर्फको पुरुष तर्फको उपाधी सुमन कुलुङ राईले जितेका छन्।हिमालय एक्सपिडिसन्स्को आयोजनामा सम्पन्न म्याराथनमा राइले निर्धारित सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधी जितेका हुन्। राईले जित सँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छ्न्।

यस्तै दल बहादुर कुँवरले ३ घन्टा ५७ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै दोश्रो भए । कुवरले ८५ हजार रुपैया पुरस्कार पाए । उमेश राइले ४ घन्टा २ मिनेट ३ सेकेन्डमा दुरि पूरा गर्दै तेस्रो भए । उन्ले ७५ हजार रुपैयाको पुरस्कार प्राप्त गरे।

महिला तर्फको म्याराथनको उपाधी कर्णालीकी मन्जु रावतले जितेकी छन्। रावतले ५ घन्टा २८ मिनेटमा पूरा गरेकी हुन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।यस्तै सो दुरी ५ घन्टा २८ मिनेट ३६ सेकेन्डमा पूरा गरी लाक्पा निग्मा शेर्पा दोश्रो भइन् ।उनले ८५ हजार रुपैयाँ पुरस्कार पाइन् । दिल कला कुलुङ्ले सो दुरी ५ घन्टा ३१ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेश्रो भइन् । उनले ७५ हजार रुपैयाँ पुरस्कार पाइन्।

२१ किमिको खुल्ला तर्फको हाफ म्याराथनको उपाधि भारतकी सम्झना राईले जितिन् । राईले निर्धारित दुरी ३ घण्टा १९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। अस्ट्रेलियाकी इमा विलियम्सले सो दुरी ३ घण्टा २१ मिनेट ४१ सेकेन्डमा पूरा गरी दोश्रो भइन् । विलियम्सले ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। तेस्तै रसियाका अलेक्जेन्दर बुर्टसेभले ३ घण्टा २३ मिनेट ५४ सेकेन्डमा पूरा गरी तेस्रो भइ ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

७० किलोमिटरको अल्ट्रा म्याराथनमा नेपाली धावकहरुले जित निकालेका छ्न् । तीर्थ बहादुर तामाङले निर्धारित दुरी ८ घण्टा ३८ मिनेट ९ सेकेन्डमा पुरा गरी प्रथम भए । उन्ले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै तिलक बहादुर सुनुवारले ९ घण्टा २ मिनेट ३१ सेकेन्डमा सो दुरी पूरा गरी दोश्रो भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । त्यस्तै किरण कुलुङ राइले ९ घन्टा२६ मिनेट ३८ सेकेन्डमा पूरा गरि तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

विदेशी खेलाडी तर्फको म्याराथनमा अमेरिकाका टेट पोलम्यानले ४ घण्टा ४७ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भए । सो दुरी ६ घन्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरी अस्ट्रेलियाका किरा बसमन्नो दोश्रो स्थानमा आउदा बेलायतका म्याथु विलियम चीन तेश्रो भए ।उनले सो दुरी ६ घण्टा ३० मिनेट ४३ सेकेन्डमा पूरा गरे।

विजेताहरुलाई आयोजक सस्था हिमालय एक्सपिडिसन्स का सस्थापक अध्यक्ष बिक्रम पाँडेकाजी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
विश्वको सर्वोच्च स्थानमा आयोजना हुने यो एकमात्र म्याराथन रहेको र यस पटकको म्याराथनमा नेपालसहित २८ देशका २०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।सहभागी मध्ये नेपाली ६९ र १३५ विदेशी रहेको म्याराथनका रेस डाइरेक्टर शिखर पाँडेले बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर