बजेटले अर्थतन्त्रको नाडी छाम्न सकेन : पूर्वअर्थमन्त्री पौडेल – Nepal Press

बजेटले अर्थतन्त्रको नाडी छाम्न सकेन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेटले अर्थतन्त्रको नाडी छाम्न नसकेको पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

‘नयाँ बजेटले अर्थतन्त्रमा समस्यामा छ भन्ने कुरा नै भुलेको छ’, उनले नेपाल प्रेससँग भने, ‘१२ खर्ब ४८ अर्ब राजस्वा परिचालन हुन सक्ने अवस्था छैन । नयाँ बजेटले लिएको आर्थिक वृद्धि दर ६.५ पुरा हुने कुनै आधार नै छैन् ।’

उनले विवादित संसद विकास कोष ब्यूँताइएकोमा पनि असन्तुष्टि रहेको बताए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् ।

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन भएको छ ।

 


प्रतिक्रिया

One thought on “बजेटले अर्थतन्त्रको नाडी छाम्न सकेन : पूर्वअर्थमन्त्री पौडेल

  1. यो बजेटको मुख्य कुरा भनेको प्रत्येक साँसदलाई ५ करोड बाँडने हो । लुटेराहरूको लुटन मात्र ध्यान छ । एमालेले हटाईसकेको व्यवस्था फेरि ब्युँताए । जनताले यसैबाट मूल्याँकन गरौ न सुशासन, दिगो विकासको पक्षमा को र लुटतन्त्रको पक्षमा को भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर