संघीय बजेटमा लुम्बिनी: अधिकांश पुराना योजनाको निरन्तरता – Nepal Press

संघीय बजेटमा लुम्बिनी: अधिकांश पुराना योजनाको निरन्तरता

रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश पुराना महत्वपूर्ण परियोजनाले निरन्तरता पाएका छन् । केही योजना काटेर नयाँ योजना पनि बजेटमा समेटिएको छ ।

यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि बजेट राखेर निरन्तरता दिइएको छ ।

यस्ता छन् बजेटमा लुम्बिनीका महत्वपूर्ण योजना

  • ४३ वर्षदेखिको लुम्बिनी गुरुयोजनाको बाँकी काम सञ्चालनको निरन्तरता ।
  • बुद्ध सर्किटको यसअधिको योजनालाई अगाडि बढाइने ।
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनको पहल, विमानस्थलबाट उडान गर्ने कम्पनीलाई ग्राउण्ड ह्याडलिङ शुल्क छुट ।
  • बौद्धमार्गीलाई प्रत्यक्ष रूपमा लुम्बिनीसँग जोड्न थाइल्याण्ड, श्रीलंका, चीन, भारतलगायतका मुलुकमा सीधा हवाई उडानको व्यवस्था गर्ने ।
  • भैरहवास्थित विशेष आर्थिक क्षेत्रलाई पूर्ण रुपमा सञ्चालन गरिने ।
  • मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि अगाडि बढाइने ।
  • गुल्मीको रेसुंगा, दाङको दंगीशरणलाई पर्यटन गन्तव्य क्षेत्र बनाइने ।
  • लुम्बिनीमा हिल स्टेशन बनाइने ।
  • रुपन्देहीको बुटवल कर्साघाटमा बृहत कृषि परियोजना सञ्चालन गरिने ।
  • स्थानीय तहमा रहेका औद्योगिक ग्राम छिट्टै पूरा गरिने र तयार भएका हस्तान्तरण गरिने ।
  • सिमेन्ट तथा ठूला उद्योग जाने बाटो निर्माण गरिने ।
  • बुटवल-नारायणगढ खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड बजेट विनियोजन ।
  • नवलपरासीको धौवादी उद्योग थप अनुसन्धान प्रक्रिया अघि बढाइने ।
  • अर्घाखाँचीको चुनढुंगा खानी उत्खनन अगाडि बढाइने ।
  • नेपालगञ्जको एकीकृत जाँच चौकी सञ्चालन र भैरहवाको छिट्टै निर्माण गरिने ।
  • बुटवलमा मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाउने ।
  • राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान विस्तारका लागि रकम विनियोजन ।
  • सालझण्डी र बर्दघाटमा ट्रमा सेन्टर बनाउने योजना ।
  • नेपालगञ्ज, लुम्बिनीमा एकीकृत ढल व्यवस्थापन योजना सञ्चालन गरिने ।
  • नेपालगञ्जको प्रदेश रंगशाला निर्माणलाई अगाडि बढाइने ।
  • तिनाउ नदीको सिग्नेचर पुल निर्माण अघि बढाइने ।
  • बाँकेको नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरिने ।
  • हुलाकी मार्गमा रहेका बाँकी जिल्लामा काम अघि बढाइने ।
  • गुल्मी र रोल्पामा पर्ने मदन भण्डारी मार्ग निर्माणलाई अगाडि बढाइने ।
  • कालीगण्डकी करिडोरलाई थप स्तरोन्नति गरिने ।
  • राप्ती राजमार्ग स्तरोन्नति गरिने ।
  • कोहलपुर-बुटवल सडक, बुटवल-पोखरा सडक स्तरोन्नति गरिने ।
  • बुटवल-बेलहिया सडक बाँकी काम पूरा गरिने ।
  • सिद्धबाबा सुरुङ मार्गलाई आवश्यक बजेट विनियोजन ।
  • लुम्बिनी करिडोरमा एकीकृत विकास योजना ।
  • नेपालगञ्जमा सभाहल निर्माण अगाडि बढाइने ।
  • देउखुरीस्थित प्रदेश राजधानी पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन ।
  • सिंचाइमा लगानी, खेतबारीमा पानीअन्तर्गत सिक्टा सिंचाइ आयोजना ५३ किलोमिटर पूरा गरिने ।
  • रानीजमरा-गुलरिया आयोजनालाई अगाडि बढाइने ।
  • बबई सिंचाइ आयोजनालाई अगाडि बढाइने ।
  • भेरी-बबई डाइभर्सन आयोजनालाई थप व्यवस्थापन गर्न बजेट विनियोजन ।
  • दाङको प्रगन्ना र बड्का सिंचाइ आयोजनालाई निरन्तरता ।
  • राप्ती, बबईलगायतका जोखिम क्षेत्रमा नदी नियन्त्रण कार्यक्रम ।्
  • बुटवल-कोहलपुर प्रशारण लाइन अगाडि बढाइने ।

माथिका अधिकांश आयोजना यसअघिकै निरन्तरता हुन् भने केही आयोजनाको मूल बजेटमा नाम छुटेको छ । गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको निर्माणका लागि बजेटमा विनियोजन गरिएको छैन । सिद्धार्थ क्रिकेट मैदानलाई यसअघि नियमित बजेट आए पनि अहिले समावेश छैन ।

त्यसैगरी अन्य पथान्तर आयोजनाको नाम समेटिए पनि कालीगण्डकी तिनाउ डाइभर्सनको योजना समावेश छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर