साना करदातालाई सुविधा : ४-४ महिनामा करको विवरण पेश गर्ने व्यवस्था – Nepal Press

साना करदातालाई सुविधा : ४-४ महिनामा करको विवरण पेश गर्ने व्यवस्था

काठमाडौं । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चारचार महिनामा करको विवरण पेश गर्ने व्यवस्था गरेको हो ।

यसअघि हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था थियो ।

कर सहभागिता लागत र समय घटाइ साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर