नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न सरकारले छुट्यायो २ अर्ब, कुन-कुन स्थान परे ? – Nepal Press

नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न सरकारले छुट्यायो २ अर्ब, कुन-कुन स्थान परे ?

काठमाडौं । सरकारले पर्यटनको सम्भावना उच्च भएका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको विकास गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बर्षको बजेट घोषणा गर्दै नयाँ पर्यटकीय गन्तव्यको पहिचान र पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार निर्माण समेत गरी २ अर्ब १३ करोड विनियोजन गरेको बताए ।

उनले भने, ‘कोशी प्रदेशको पाथिभरा, हलेसी, किराँतहरूको उद्ग।मस्थल तुवाचुङ्ग र चतरा-बराह क्षेत्र, मधेश प्रदेशको गढीमाई र छिन्नमस्ता, बागमती प्रदेशको दोलखा भिमसेन र दुप्चेश्वर महादेव, गण्डकी प्रदेशको मुक्तिनाथ, देवघाट त्रिवेणीधाम र लुम्बिनी प्रदेशको स्वर्गद्वारी, रेसुङ्गा क्षेत्र र थारू समुदायको ऐतिहासिक स्थल दंगीशरण क्षेत्र, कर्णाली प्रदेशको छत्रेश्वरी भगवती, चन्दननाथ र पन्चकोशी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशको बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर