त्रिवि मैदानमा फ्लडलाइट जडान गरिने र मुलपानी मैदानको निर्माण कार्य पूरा गर्ने (भिडिओ) – Nepal Press

त्रिवि मैदानमा फ्लडलाइट जडान गरिने र मुलपानी मैदानको निर्माण कार्य पूरा गर्ने (भिडिओ)

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गरिने र फ्लडलाइट जडान गर्ने घोषणा गरेको छ ।

संसदमा अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मुलपानी मैदानको निर्माण कार्य पनि पूरा गर्ने बताए ।

यस्तै, विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरत चन्द क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाडौंको सुवर्ण समशेर थप ४  क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउन बजेट व्यावस्थापन गरेको उनले बताए ।

महतले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बताए ।

उनले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने जानकारी दिए । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने उहाले बताउनुभयो । खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर