रेशमलाई आममाफीपछि राप्रपाले भन्यो- अदालतको फैसलाभन्दा राष्ट्रपति माथि हुन सक्दैन – Nepal Press

रेशमलाई आममाफीपछि राप्रपाले भन्यो- अदालतको फैसलाभन्दा राष्ट्रपति माथि हुन सक्दैन

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन्। संसद् भवन बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपतिको कदमले अराजकता मच्चाउने टिप्पणी गरे।

राप्रपाका प्रवक्ता समेत रहेका शाहीले भने, ‘गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको कानुनलाई नै मिच्ने प्रवृत्ति अगाडि बढाएको छ। दोषी को हुन् र अदालतको फैसलाभन्दा राष्ट्रपतिमाथि हुन सक्दैन। यसले मुलुकलाई सही हिसाबले अगाडि बढाउँदैन। मुलुकलाई राजनीतिक अस्थिरतामा लान्छ,। देशलाई अगाडि बढाउँदैन। यसले प्रधानन्यायाधीश चाहिँ को भन्ने प्रश्न खडा गरेको छ।’

उनले प्रधानन्यायाधीश राष्ट्रपति हुन् कि सर्वोच्चको प्रधानन्यायाधीश हुन् भन्ने प्रश्न खडा गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर