सिन्धुपाल्चोकका पत्रकार कसजूलाई अग्रज पत्रकारिता पुरस्कार – Nepal Press

सिन्धुपाल्चोकका पत्रकार कसजूलाई अग्रज पत्रकारिता पुरस्कार

हेटौँडा । सिन्धुपाल्चोकका पत्रकार एवं साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

१६ औँ गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजूलाई २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गरेका हुन्।

बागमती प्रदेशभित्रका ३० वर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरूलाई पुरस्कृत गर्दै लाने उद्देश्यका साथ कसजूलाई सो पुरस्कार दिएर सुरुआत गरेको हो।

२०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय छन्।

गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजूको सम्पादकत्वमा हाल सर्वपक्ष दैनिक, सिन्धु सन्देश साप्ताहिक, जुगल खबर अनलाइन सञ्चालन तथा प्रकाशन हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर