नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भन्छन्- बजेट भाषण १० बजे होस् – Nepal Press

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भन्छन्- बजेट भाषण १० बजे होस्

काठमाडौै । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजेट १० बजे प्रस्तुत हुनुपर्ने बताएका छन् । बजेट साझमा प्रस्तुत हुँदा भन्सार देखि व्यापारिक कारोबार बन्द हुने भन्दै उनले १० बजे प्रस्तुत गर्न आग्रह गरेका छन् ।

सामाजिक संजाल ट्विटरमा मुरारकाले लेखेका छन्,‘भोलि बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरूबाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *