६० वर्षीया वृद्धबाट ७० वर्षीया वृद्धा बलात्कृत – Nepal Press

६० वर्षीया वृद्धबाट ७० वर्षीया वृद्धा बलात्कृत

काठमाडौं । बर्दियामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

मधुवन नगरपालिका–४ की ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय मंगाराम थारू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारू पहिले पनि बलात्कार मुद्दामा दोषी ठहर भई जेल जीवन बिताएर छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुदीपराज शाहीले जानकारी दिए ।

२०७५ पुष ४ गते बलात्कार सम्बन्धी कसूर खेपेका थारूलाई अदालतले सोही वर्ष चैत ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।  जिल्ला अदालतबाट सफाइ पाएपछि थारु २०७६ मंसिर १ मा छुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयस सापकोटाका अनुसार शुक्रबार दिउँसो १ बजेतिर थारू वृद्धाको घरमा प्रवेश गरी बलात्कार गरेको भन्ने किटानी जाहेरी परेको थियो ।

पीडितको तर्फबाट बुहारीले स्थानीय प्रहरीमा पुगेर थारूविरूद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । थारूलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बर्दियाले आइतबार अनुमति दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर