यसरी बढाउन सकिन्छ बालबालिकामा मनोवैज्ञानिक क्षमता – Nepal Press

यसरी बढाउन सकिन्छ बालबालिकामा मनोवैज्ञानिक क्षमता

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले ‘बालबालिकाहरुमा मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली कसरी विकास गर्ने’ विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भएको कार्यक्रममा साइकोथेरापिस्ट सिरु भण्डारीले बालबालिकाहरुमा मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली कसरी विकास गर्ने भन्नेबारे आफ्ना अनुभव र विचार प्रस्तुत गरिन् ।

भण्डारीले बालबालिकाहरुमा मनोवैज्ञानिक पक्ष र सामाजिक पक्षबीचमा अन्तरक्रिया गर्दा नकारात्मक प्रभावहरु पर्न सक्ने र मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणालीले ती नकारात्मक प्रभावहरु कम गर्ने बताएकी थिइन् ।

कार्यक्रममा उनले अभिभावकहरुले आफूहरुमा रहेको समस्या समाधान गरेर बालबालिकाहरुको कुराहरु सुनेर, बुझेर तथा उनीहरुलाई बाह्य क्रियाकलापहरुमा सक्रिय गराएर, उनीहरुको स्वस्थ्य खानपान र जीवन शैलीमा ध्यान दिएर, उनीहरुको गृहकार्य तथा पढाइमा सहयोग गरेर मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली विकास गर्न सकिने पनि बताएकी थिइन् । भण्डारीले सहभागी अभिभावकहरुको उक्त विषय सम्बन्धी विभिन्न जिज्ञासाहरुलाई पनि सम्बोधन गरे ।

बालबालिकाहरुको समष्टिगत विकासको निम्ति अभिभावकहरुमा अभिभावकीय सीप अनि कलाको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ्ग नेपालले हरेक महिनाको दोस्रो शनिबार अभिभावकीय ज्ञानवृद्धिका विभिन्न कार्यक्रम निःशुल्क सञ्चालन गर्ने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *