रेशमलाई आममाफीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा – Nepal Press

रेशमलाई आममाफीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा

काठमाडौं । टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले रिट दिएकी छन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् ।

दर्ताका लागि रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन लागिएकेा छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे थियाे ।

चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *