सरकार भएको अनुभूति भएन, प्रदेशको आन्दोलन वार्ताबाट सम्बोधन गरौं : इन्द्र आङ्बो – Nepal Press

सरकार भएको अनुभूति भएन, प्रदेशको आन्दोलन वार्ताबाट सम्बोधन गरौं : इन्द्र आङ्बो

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पहिचानको नाममा भइरहेको आन्दोलन तत्काल वार्ता र संवादबाट हल गर्न माग गरेका छन् ।

कोशी प्रदेशसभाको बैठकमा बोल्दै उनले सरकार अभिभावक भएकाले नामकरणका कारण भइरहेको आन्दोलनबाट पन्छिन नहुने बताए । उनले यत्रो आन्दोलन भइरहँदा पनि कोशी प्रदेशमा केही नभए जस्तो गरेर सरकार बसेको बताए । उनले भने यसरी चुप लगरे बसेर सरकार अभिभावक हुँदैन यो गलत भएको छ ।

नामकरणमा भइरहेको आन्दोलनलाई कमजोर ठानेर बल प्रयोग नगर्न आग्रह गरे । उनले पहिचानको नाममा भइरहेको आन्दोलनले ठूलो अशान्ति निम्तने भन्दै सवै दल र पार्टी जिम्मेवार हुनुपर्ने बताए । आन्दोलनमा एकजनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अवस्थामा पनि समस्या समाधान गर्न मुख्यमन्त्रीले अहिलेसम्म सर्वदलीय बैठकसमेत नराखेको बताए ।

‘समस्या समाधान गर्न दलहरूसँग छलफल समेत भएको छैन । वार्ता र संवादका माध्यमबाट समाधान होस् सदैव सरकारलाई साथ दिन्छौं’, आङ्बोले भने ।

आन्दोलनकारीलाई शान्ति खलबलाउने हिसाबले प्रदर्शन नगर्न भन्दै उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्ने हक सबैलाई छ आफ्ना माग राख्न पाइन्छ । आन्दोलनका क्रममा आगजनी र तोडफोड नगरौं ।’

उनले अहिलेसम्म प्रदेश सकारकारले गति लिन नसकेको आरोप लगाए । माओवादी केन्द्र सरकारको साझेदार दल भए पनि प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एकलौटी रूपमा काम गरेको उनको आरोप थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर