बानेश्वरमा कुटिएका युवराज सफल भन्छन्- मेरो ज्यान मार्न खोजेका छन्, सरकारले पीएसओ दिनुपर्छ (कुराकानी) – Nepal Press

बानेश्वरमा कुटिएका युवराज सफल भन्छन्- मेरो ज्यान मार्न खोजेका छन्, सरकारले पीएसओ दिनुपर्छ (कुराकानी)

अन्तर्वार्ताकै क्रममा हात हालेको र धम्क्याएकोबारे जवाफ- मेरो तरिका त्यही हो

काठमाडौं । भाइरलम्यानको छवि बनाएका अधिवक्ता युवराज सफलले हिजो बानेश्वरमा कुटाइ खाए । युवाहरुको एउटा समूहले वादविवादका क्रममा उनलाई लखेट्दै पिटेको थियो ।

कुटाइ खाने युवराजले आजै प्रहरीमा विप्लव खड्का र सोम शर्माविरुद्ध किटानी जाहेरी दिएका छन् । आफूलाई मार्ने नै नियतले कुटेको उनको दाबी छ ।

भएको के थियो ?

केहीअघि प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका युवा विप्लव खड्काको समूहले हिजो दिउँसो स्वतन्त्र नागरिक आन्दोलनका नाममा भ्रष्टाचारविरुद्ध बानेश्वरमा धर्ना दिएको थियो । बानेश्वरमा नै अलि पर डा. सुरेन्द्र केसी, साध्यबहादुर भण्डारीलगायतले नागरिकता विधेयकका विरुद्ध प्रदर्शनको आयोजना गरेका थिए । त्यही प्रदर्शनमा भाग लिन कालो चश्मा ढल्काएर पुगेका थिए युवराज सफल ।

आफू त्यहाँ अलि चाँडै पुगेपछि विप्लवको समूहसँग एकछिन कुराकानी गरेको युवराज बताउँछन् ।

‘उनीहरुले हाम्रो भ्रष्टाचारविरुद्धको कार्यक्रम हो, तपाईंले पनि सहयोग गर्नुपर्‍यो भनेपछि मैले आफ्नो फेसबुकमा स्टाटससमेत लेखेर हालिदिएँ । तर, एकछिनपछि त उनीहरुकै बीचबाट एक्कासि ‘युवराज सफल चोर हो, फटाहा हो’ भन्दै नारा लगाउन थाले । अनि मेरो पारो तातिहाल्यो ।’

हाम्रो समाजवादी पार्टीमा इन्टरनेसनल इन्टलिजेन्स व्युरो-आईआईबी छ । यसले अनुसन्धान गरेर प्रतिवेदन दिएपछि हामी अर्को एक्सनमा जान्छौं । अहिलेलाई अभद्र व्यवहारमा किटानी जाहेरी दिँदैछु ।

युवराजले त्यसको प्रतिवाद गरेपछि धर्नामा बसेका युवाहरु उनीमाथि जाइलागेको भिडियोमा देखिन्छ । आफूमाथि ज्यान मार्ने मनसायले नै आक्रमण भएको दाबी युवराजको छ । यद्यपि, उनले अभद्र व्यवहारमा उजुरी दिएका छन् । आफ्नो ‘इन्टलिजेन्स व्युरो’ले घटनाबारे छानबिन गरिरहेको उनको भनाइ छ ।

उनै युवराज सफलले दुई दिन अगाडि मात्रै ऋषि धमलाले चलाउने एउटा बहसमा उपद्रो गरेका थिए । उनले आफूसँगै निम्त्याइएका अधिवक्ता यज्ञमणि न्यौपानेलाई हात हाल्नुका साथै ‘यहाँबाट सकुशल जान नसक्ने’ धम्कीसमेत दिए । उक्त अन्तर्वार्ताको भिडियो क्लिप पनि भाइरल छ । यिनै दुई घटनालाई लिएर युवराज सफलसँग गरिएको कुराकानीः

– बानेश्वरमा कुटाइ खानुभयो भनेर समाचार आएको छ, के साँच्चै हो ?

समाचारमा जे आयो त्यही नै हो । मैले प्रहरीमा पनि उजुरी दिँदैछु ।

– किन कुटेका हुन् तपाईंलाई ?

ज्यान मार्ने नै उद्योग हो भन्ने सूचना पाएका छौं । यो विषयमा हाम्रो व्युरोले इन्भेस्टिगेसन गर्दैछ । केही स्क्रिनसटहरु पनि आएका छन् ।

– कुन व्युरो ?

हाम्रो समाजवादी पार्टीमा इन्टरनेसनल इन्टलिजेन्स व्युरो-आईआईबी छ । यसले अनुसन्धान गरेर प्रतिवेदन दिएपछि हामी अर्को एक्सनमा जान्छौं । अहिलेलाई अभद्र व्यवहारमा किटानी जाहेरी दिँदैछु ।

– बाटो हिँड्दा पनि कुटिन थाल्नुभयो, असुरक्षा महसुस भएको छैन ?

म असुरक्षित छु । मैले सीडीओदेखि गृहमन्त्री सबैलाई भनेको छु । तर, राज्यले अहिलेसम्म टेरपुच्छर लगाएको छैन । केही पनि नगरेको हुनाले अब आफैंले व्यवस्थापन गर्नुपर्ला जस्तो छ ।

– राज्यसँग सुरक्षा माग गर्नुभएको थियो ?

मैल पीएसओदेखि विभिन्न सुरक्षा मागेको छु । तर, राज्य छ भन्ने नै आभास छैन यो देशमा ।

– लिखित रुपमा नै दिनुभएको छ ?

दिएको छु । एकपटक होइन पटक पटक दिएको छु । तर, सुनुवाइ भएको छैन ।

– बाहिर एक्लै हिँड्न कतिको डर लाग्छ आजकाल ?

बाहिर एक्लै हिँड्ने अवस्था छैन । टेकुमा घटना घट्यो, यहाँ घट्यो । राज्य पनि संलग्न हो कि भन्ने लागेको छ मलाई । प्रहरीले आफ्नो पार्टबाट बचाएका छन् । तर, राज्यको निर्देशन चाहियो नि त ! सीडीओ कार्यालयले गृहलाई भन्नुपर्‍यो, गृहले निर्णय गराएर दिनुपर्‍यो । तर, मलाई केही पनि सुरक्षा दिएको छैन । यो बिडम्बना हो ।

रवि लामिछानेको नागरिकता-पासपोर्टको पनि आईआईबीले इन्भेस्टिगेसन गरेको हो । नक्कली भुटानी शरणार्थी, निर्मला पन्तको घटनामा पनि भित्रभित्र अनुसन्धान गरिरहेका छौं । अस्ति रविको ड्राइभरको केसमा पनि व्युरोले अनुसन्धान गरेर रिपोर्ट ल्याएको थियो । रवि आफैंले धकेलेर खसाएको हुनसक्ने व्युरोले निष्कर्ष निकालेको छ ।

– अब बाहिरफेर एक्लै हिँड्नुहुन्छ कि हिँड्नुहुन्न ?

आफ्नो काममा हिँड्नु परिहाल्यो । तर, ढुक्कले हिँड्ने खालको सुरक्षाको वातावरण छैन ।

– अघि व्युरो भन्दै हुनुहुन्थ्यो नि ! यसले चाहिँ के काम गर्छ ?

यसले विभिन्न अपराधको अनुसन्धान गर्छ र अनुसन्धानका रिपोर्टहरु राज्यका निकायलाई दिएर समन्वय गर्छौं । रवि लामिछानेको नागरिकता-पासपोर्टको पनि आईआईबीले इन्भेस्टिगेसन गरेको हो । नक्कली भुटानी शरणार्थी, निर्मला पन्तको घटनामा पनि भित्रभित्र अनुसन्धान गरिरहेका छौं । अस्ति रविको ड्राइभरको केसमा पनि व्युरोले अनुसन्धान गरेर रिपोर्ट ल्याएको थियो । रवि आफैंले धकेलेर खसाएको हुनसक्ने व्युरोले निष्कर्ष निकालेको छ ।

– रवि लामिछानेलाई सिध्याउन हात धोएर लाग्नुभएको छ, उहाँसित कुनै पुरानो दुश्मनी थियो ?

म किन उसलाई सिध्याउन लाग्नु ? उसले कानूनी कमजोरी गरेको छ । त्यसलाई कारबाहीको दायरामा ल्याउने हो । व्यक्तिगत रुपमा सिध्याउने छोड्ने भन्ने कुरा नै होइन ।

– तपाईंले त्यत्रो मुद्दा मामिला गर्दा जनताले झन् धेरै भोट दिए नि ? उल्टो प्रभाव परेको जस्तो लाग्दैन ?

गज्जबको कुरा नै यही छ । कांग्रेस, एमाले, माओवादीका नेतालाई पनि जनताले भोट दिएका थिए त । अब सबैलाई कानून उल्लंघन गर्न छुट दिने त ? जनमत एकातिर हुन्छ, कानून अर्कोतिर हुन्छ । जनताको प्रतिनिधिले कानून बनाउने हो । कानून बनाउने ठाउँमा भएको व्यक्तिले कानूनको परिपालनामा सहयोग गर्नुपर्छ ।

– अरु पार्टीका नेताहरु पनि दूधले धोएका छैनन् होला । एक जनाको मात्रै पछि किन लाग्या ?

यो गलत कुरा हो । रविको मात्रै होइन, वाइड बडी, क्यान्टोनमेन्ट, नक्कली शरणार्थी, बालुवाटार सारा हामीले उठाएका मुद्दा हुन् । रविको पछाडि लागेको भन्ने गलत हो ।

– तपाईंसँग उहाँले केही कुरा गर्नुभएको छ ?

उहाँबाट त्यस्तो केही पनि आएको छैन ।

रविको मात्रै होइन, वाइड बडी, क्यान्टोनमेन्ट, नक्कली शरणार्थी, बालुवाटार सारा हामीले उठाएका मुद्दा हुन् । रविको पछाडि लागेको भन्ने गलत हो ।

– १० करोडको अफर आएको भन्दै हुनुहुन्थ्यो नि ?

प्रस्तावहरु आएका छन् । तर, जे आएको हो बाहिर राखिदिएको छु ।

– कसले गरेको हो यस्तो अफर ?

अनुसन्धान गर्नुपर्छ, कसले गरेको हो भनेर । मलाई आएको कुरा दिएको छु । नम्बर पनि अगाडि बढाएको छु ।

– अनुसन्धान गर्ने आफ्नै व्युरो रहेछ । किन अहिलेसम्म नगर्नुभएको त ?

गरिएको छ । झापातिरको मान्छे भन्ने बुझिन्छ । नम्बर सेभ छैन । हाइलाइट हुन खोजेको भन्ने बुझिएको छ । एक दुईपटक मसित कुरा गरेर भेटेको शंकास्पद मान्छे रहेछ ।

– अनि भर्खरै तपाईंले ऋषि धमलाको अन्तर्वार्तामा हुलहुज्जत गर्नुभएछ । आफूले चैं जे गर्न नि मिल्छ ?

अन्तर्वार्ता लिँदै गर्दा उसले सानो स्वरमा बिस्तारी बोलेको छ । बिस्तारी बोल्दा चाहिँ ज्यानमारा, भ्रष्टाचारी, बलात्कारी, सबै भन्न मिल्छ ? त्यो त जायज हुँदैन नि !

– त्यस्तो ज्यानमारा बलात्कारी भनेको थियो र ?

उसले मलाई विदेशबाट परिचालित, अदृश्य शक्तिबाट परिचालित ‘खेतालो मुला’ आदि तथानाम भन्यो नि त ! त्यसको प्रतिवाद हो ।

– मुला पनि भनेको हो ?

सुरुमै मुला भनेको हो । वकिल भएर यस्ता मुला कुरा नगर भन्यो । मलाई धमला र ऊ दुईजना मिलेर होच्याएका हुन् । अपमान भएपछि प्रतिवाद गरेको हो ।

– अनि प्रतिवाद गर्ने भनेर टेलिभिजन कार्यक्रममै हात हाल्ने त ?

होइन, आआफ्नै तरिका हुन्छ । मेरो शैली यही हो ।

– ‘तपाईंलाई सकुशल यहाँबाट जान दिन्न’ भनेर ठाडो धम्की पनि दिनुभएको छ । त्यस्तो गर्न पाइन्छ ?

ठीकै छ । मैले भन्देकै हो । मैले हात हालेको पनि हो । त्यसमा मेरो केही भन्नु छैन ।

– कार्यक्रमपछि त उहाँलाई हातपात गर्नुभएन नि ?

त्यो पिसाब फेरेर कता भाग्यो भाग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर