आर्थिक सर्वेक्षण : सबै हिसाबले थलियो अर्थतन्त्र (पूर्णपाठ) – Nepal Press

आर्थिक सर्वेक्षण : सबै हिसाबले थलियो अर्थतन्त्र (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतबार संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्र बिरामी देखाएको छ ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार न्यून रहने अनुमान छ। संघ र प्रदेशको चुनाव तथा बढ्दै गएको अनिवार्य दायित्वबाट चालु खर्चमा भएको वृद्धि र राजस्व असुलीमा आएको कमीको कारण स्रोत व्यवस्थापनमा कठिनाई थपिएकोले आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसकेको डा. महतले बताएका छन् ।

चालु आवमा निर्माण, थोक तथा खुद्रा व्यापार लगायत औद्योगिक उत्पादनमा आएको कमीका कारण नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष ५.४६ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

खासगरी रुस/युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले नेपालको समग्र मूल्यस्तर उच्च रहन गएको सर्वेक्षणले भनेको छ ।

तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातित वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिमा सुधार हुन सकेको छैन ।

वर्षे धानको उत्पादनमा भएको वृद्धिसँगै कृषि उत्पादनको वृद्धि सन्तोषजनक रहेतापनि हिउँदे वर्षा समयमा नहुँदा हिउँदे वालीमा प्रतिकुल प्रभाव पर्न गएको छ । थोक तथा खुद्रा व्यापार, निर्माण र घरजग्गाको कारोबारमा आएको शिथिलतासँगै सम्पूर्ण आर्थिक गतिविधिमा कमी आएको हुनाले उद्योग तथा सेवा क्षेत्रको विस्तार कम हुने अनुमान छ ।

नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन हुँदै गएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गएको छ भने गैर कृषि क्षेत्रको योगदान बढ्दै गएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत र गैर कृषि क्षेत्रको योगदान ७५.९ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्रको उपभोगको अनुपात घटेर पछिल्लो एक दशककै न्यून हुने अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्र र निजी क्षेत्रको उपभोगको अनुपात क्रमशः ५.४ प्रतिशत र ८६.३ प्रतिशत र गैरनाफामूलक संस्थाको उपभोगको अंश १.९प्रतिशत रहने अनुमान छ ।

सरकारी क्षेत्र, निजी क्षेत्र र गैरनाफामूलक संस्थाको उपभोगको संरचनामा खासै परिवर्तन आएको छैन् । चालु आर्थिक वर्षमा सरकारी क्षेत्रको उपभोग घट्ने र निजी क्षेत्र तथा गैरनाफामूलक संस्थाको उपभोग बढ्ने अनुमान रहेको छ ।

कोभिड १९ शुरु भएसँगै कुल ग्राहस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको अनुपात क्रमशः घट्दै गएकोमा चालु आर्थिक वर्षमा भने सामान्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.७ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो अनुपात २९ प्रतिशत रहेको थियो ।

यस्ताे छ पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर