त्रिवि जिल्ला कमिटीको संयोजकमा समिरराज चयन – Nepal Press

त्रिवि जिल्ला कमिटीको संयोजकमा समिरराज चयन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीको संयोजकमा समिरराज विष्ट चयन भएका छन् । अनेरास्ववियुको २३औं केन्द्रीय कमिटी बैठकले विष्टलाई त्रिवि जिल्ला कमिटीको संयोजकमा नियुक्त भएको हो ।

विष्टले कार्यभारसमेत ग्रहण गर्दै आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् । उनले त्रिविको छात्रा होस्टेलमा शिक्षा सेवा आयोग बसेको भन्दै त्यो भवन जे प्रयोजनका लागि बनेको हो त्यसै कामका लागि प्रयोग गराउन प्रयास गर्ने बताएका छन् ।

त्रिविमा राजनीतिक भागबन्डाको अन्त्य गर्दै विश्वविद्यालयमा प्राज्ञीय वातावरण सिर्जनाका लागि जोड दिने आफ्नो एजेन्डा रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर