सार्वजनिक संस्थानको प्रतिवेदन : २५ वटा मात्र नाफामा अरु घाटामा – Nepal Press

सार्वजनिक संस्थानको प्रतिवेदन : २५ वटा मात्र नाफामा अरु घाटामा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनमै समस्या देखिएको बताएका छन् ।

आइतबार संसदमा चालु आर्थिक वर्षको यसले गर्दा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा गर्दै सार्वजनिक संस्थान विगतमा राम्रो भए पनि पछिल्लो समय सकारात्मक नभएको बताए ।

अहिले ४४ सार्वजनिक संस्थानमध्ये २५ मात्र नाफामा रहेको उनले बताए । गत असार मसान्तसम्म सरकारको शेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । यो अवधिमा लगानीको ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक गतिविधिमा सुस्तता आयस्रोत व्यवस्थापनमा दबाब सृजना भएकाले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने जानकारी संसदमा गराएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर