यो बजेटमा धेरै नयाँ कार्यक्रम राख्ने स्थिति छैन : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

यो बजेटमा धेरै नयाँ कार्यक्रम राख्ने स्थिति छैन : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश समस्या पर्नु र अर्थतन्त्र संकटमा पर्नुको मुख्य कारण संस्थागत भ्रष्टाचार नै भएको बताएका छन् ।

नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको लडाइँ सुरू गरेको उनले बताए ।

उनले भने, ‘भोलि बजेट आउँदैछ। हामीले धेरै जटिल परिस्थितिमा नीति तथा कार्यक्रम ल्याएका छौं । हिजो निकै चर्को बहसपछि पवारित भयो । नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गरेन भने नीति तथा कार्यक्रम कागजमात्रै बन्न जान्छ । हाम्रो पूरै कोसिस बजेटले सपोर्ट गर्छ भन्नेछ ।’

उनले यो बजेटमा धेरै नयाँ कार्यक्रम राख्ने स्थिति नभएको बताए ।

उनले भने, ‘७५३ वटै पालिकामा कृषि उत्पादनको वृद्धि र युवालक्षित कार्यक्रम ल्याउँछौं । यो बजेट जनताको पक्षमा काम गर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर