जलहरी प्रकरणको अभिव्यक्ति रेकर्डबाट हटाएपछि शेखरको प्रश्न- विगतका अनियमितता कति दिन ढाक्ने ? – Nepal Press

जलहरी प्रकरणको अभिव्यक्ति रेकर्डबाट हटाएपछि शेखरको प्रश्न- विगतका अनियमितता कति दिन ढाक्ने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलहरी प्रकरणमा सांसदले उठाएको अभिव्यक्ति हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल लगाएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको आरोप संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताहरूको सहमतिमा असन्तुष्टि जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोही अनुरूप कार्य गर्ने ।’

उनले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ? भन्दै प्रश्न गरेका छन्।

‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादैछौं । के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो रु उनको प्रश्न छ।
संसद्को रेकर्डबाट नेताका सहमतिमा केही कुरा हटे पनि देशका आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने बुझ्न भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर