पीएसजीले जित्यो ११औँ पटक लिग वान उपाधि – Nepal Press

पीएसजीले जित्यो ११औँ पटक लिग वान उपाधि

काठमाडौं। स्टार्सबर्गसँग १-१ को बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पीएसजी)ले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

खेलको ५९औँ मिनेटमा मेसीले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, स्टार्सबर्गका गामिरोले ७९औँ मिनेटमा बराबरी गोल फर्काउँदा पीएसजी अंक बाँड्न बाध्य भयो ।

मेसीले यस सिजन पीएसजीका लागि १६ गोल गरेका छन् । यो सिजनको अन्त्यसँगै पीएसजीसँगको मेसीको सम्झौता सकिने वाला छ । आगामी सिजन उनी पीएसजीमा नरहने लगभग पक्का छ ।

स्टार्सवर्गसँग अंक बाँडेपनि पीएसजी एक खेल अगावै लिगको उपाधि रक्षा गर्न सफल भयो । च्याम्पियन पीएसजी ३७ खेलमा ८५ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ४ अंक बढी हो । स्टार्सबर्ग भने समान खेलमा ४० अंकसहित १५औँ स्थानमा छ ।

पीएसजीले लिगको अन्तिम खेलमा आगामी शनिवार क्लेरमोन्टको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *