भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै – Nepal Press

भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौं । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लागेका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नेछन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।

उनका अनुसार दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर