लुटन टाउन प्रिमियर लिगमा बढुवा – Nepal Press

लुटन टाउन प्रिमियर लिगमा बढुवा

काठमाडौं। स्काइबेट च्याम्पियनसिपको प्लेअफ फाइनलमा कोभेन्ट्रीलाई सडनडेथमा ६-५ ले पराजित गर्दै लुटन टाउन फुटबल क्लबले इङ्लिस प्रिमियर लिगमा आगामी सिजनका लागि स्थान पक्का गरेको छ ।

लुटन सन् १९९२ पछि पहिलो पटक शीर्ष डिभिजनमा बढुवा भएको हो । जोर्डन क्लार्कको गोलमा लुटनले अग्रता लिए पनि गुस्ताभो हामेरले कोभेन्ट्रीका लागि बराबरी गोल फर्काएका थिए ।

सेमिफाइनलमा गुस्ताभोकै उत्कृष्ट प्रदर्शनमा कोभेन्ट्रिले मिडल्सब्रोको चुनौती पार गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित र अतिरित्त समयको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लगाइएको थियो ।

यी दुवै टोली सन् २०१८ मा लिग टु बाट च्याम्पियनसिपमा बढुवा भएका थिए । एक सय १६औं मिनेटमा जो टेलरको गोलमा लुटनले अग्रता लिएको थियो । तर भिएआरले जोले ह्यान्ड गरेको भन्दै सो गोललाई मान्यता दिएन ।

कोभेन्ट्रीका वैकल्पिक खेलाडी डाबोले पेनाल्टी सुटआउटमा अवसर गुमाएसँगै लुटनको प्रिमियर लिगमा पुनरागमन सपना पूरा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *