होटलमा बेहोस अवस्थामा फेला परेका चन्दको निधन – Nepal Press

होटलमा बेहोस अवस्थामा फेला परेका चन्दको निधन

धनगढी । होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ ।

मेलौली नगरपालिका-७ को एक होटेलमा शनिवार बेहोस भएका पञ्चेश्वर गाउँपालिका-२ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए ।

शनिवार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए ।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको पोष्टमाटमपछि शव परिवारले बुझेको छ । घटनाबारे प्रहरीले छानबिन गर्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर