मोबाइल निकाल्न पूरा जलाशय सुकाउने भारतीय सरकारका कर्मचारी निलम्बित – Nepal Press

मोबाइल निकाल्न पूरा जलाशय सुकाउने भारतीय सरकारका कर्मचारी निलम्बित

काठमाडौँ । जलाशयमा स्नान गर्दा मोबाइल खसेपछि मोबाइल निकाल्न भारतीय सरकारी कर्मचारीले जलाशयको पानी पम्प गरेर पोखेका छन् ।

भारतीय राज्य छत्तीसगढको खेरकटा जलाशयमा आइतबार स्नान गर्दा ती सरकारी कर्मचारीले मोबाइल खसाएका थिए।

भारत सरकारको खाद्य निरीक्षक जागिरे उनको नाम राजेश विश्वास हो। विश्वासले खसेको मोबाइल निकाल्न ६०० हेक्टर जमिनमा सिचाइ गर्न पुग्ने बराबरको पानी रित्याएका थिए।

विश्वासको खसेको मोबाइल सामसुङ ग्यालेक्सी एस २३ मोडलको थियो। विश्वासले दुई डिजेल पम्प चलाएर २१ लाख लिटर पानी लगातार तीन दिनसम्म फालेका थिए।

भारतीय मिडिया एनडिटिभी र रुसी मिडिया आरटीका अनुसार भेटिएको मोबाइल भने पानी जमेर काम नलाग्ने भएको थियो।

यसैबिच विश्वासलाई शुक्रवार जागिरबाट निलम्बन गरिएको छ। विश्वासले भने आफूले विभागको अनुमति लिएरै पानी निकालेको तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर