नागरिकता विधेयकबारे प्रधानमन्त्री- सरकारको पत्र राष्ट्रपतिकहाँ पुगिसक्यो, प्रमाणीकरण गर्नुहुन्छ (भिडिओ) – Nepal Press

नागरिकता विधेयकबारे प्रधानमन्त्री- सरकारको पत्र राष्ट्रपतिकहाँ पुगिसक्यो, प्रमाणीकरण गर्नुहुन्छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले पठाएको पत्र राष्ट्रपतिको कार्यालयमा पुगिसकेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले हामीले अघिल्लो सदनबाट दुई पटक पारित भएर राष्ट्रपतिकोमा पुगेको र राष्ट्रपतिको कार्यालयमा होल्डमा रहेको स्थिति भएकाले जहाँबाट उत्पत्ति भएको निष्कर्षसहित क्याबिनेटले त्यसलाई प्रमाणीकरणको अनुरोध गरेको छ। त्यो पत्र पुगिसकेको छ। उहाँले पारित गरेर त्यो समस्या समाधान गर्ने विश्वास लिएका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर