महिला कबड्डीमा काठमाडौं महानगरपालिकाको विजयी सुरुआत – Nepal Press

महिला कबड्डीमा काठमाडौं महानगरपालिकाको विजयी सुरुआत

काठमाडौँ । चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले शनिवारबाट सुरु भएको प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।

चमती खेलकुद पार्क संरक्षण समितिको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा आजबाट सुरु भएको प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

शनिवार सम्पन्न खेलमा चन्द्रागिरि नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४–२८ को स्कोर पराजित गरेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई ४१–१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८–३२ स्कोरले पराजित गरे ।

काठमाडौं महानगरपालिको सामाजिक विभागको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं जिल्ला भित्रका ६ नगरपालिका र एक क्लब गरी कुल ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थानको टोलीले समान ५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *