प्रधानमन्त्रीको अपिल- नीति तथा कार्यक्रममाथि अर्थ न व्यर्थको छलफल अन्त्य गरौँ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको अपिल- नीति तथा कार्यक्रममाथि अर्थ न व्यर्थको छलफल अन्त्य गरौँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा छलफल भएपछि नीति तथा कार्यक्रम परिमार्जन हुनुपर्ने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थ न व्यर्थको छलफल हटाउने व्यवस्था गर्न एकजुट हुन अपिल गरे।

उनले भने, ‘नीति तथा कार्यक्रम सदनमा छलफल गरेपछि परिमार्जन हुनुपर्छ भन्नेभित्रै पर्छु । तर, त्यसको लागि हामीले एउटा राजनीति सहमति नबनाई ऐन कानुनमा त्यस्तो व्यवस्था नगरी मैले मात्रै गर्न सक्ने कुरा भएन। म सबैलाई अपिल गर्न चाहन्छु यो कर्मकाण्डी अर्थ न बर्थको छलफल। छलफल गर्‍यो गर्‍यो निस्कने केही छैन भन्ने खालको अन्त्य गर्नुपर्छ। त्यसैले अर्को वर्षदेखि बोलेर पनि अर्थ नहुने खालको कमिट्नमेन्ट गरौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर