कर्मकाण्डी भन्नेलाई प्रधानमन्त्रीको जवाफ- तपाईँहरूले ल्याएजस्तो भयो, समर्थन गर्नुस् (भिडिओ) – Nepal Press

कर्मकाण्डी भन्नेलाई प्रधानमन्त्रीको जवाफ- तपाईँहरूले ल्याएजस्तो भयो, समर्थन गर्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति तथा कार्यक्रम परम्पराभन्दा भिन्न ढंगले ल्याउने प्रयास गरेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रम सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए।

उनले भने, यो अलिक कर्मकाण्डी नै छ भन्ने भनाई आएको छ। यसले देशको अगाडि उपस्थित समस्यालाई सम्बोधन गर्न सक्दैन भन्ने आएको छ। धेरैले हामी परम्पराको सिकार भएको छौँ। नीति तथा कार्यक्रम आउँछ सुन्दा राम्रै सुनिन्छ तर, व्यवहारमा जस्तो प्रस्तुत हुन्छ त्यही रूपमा हुँदैन। नीति कार्यक्रम भनेर सरकारले प्रस्तुत गर्छ पहिला राजतन्त्र हुँदा राजको मुखबाट सरकारको नीति तथा कार्यक्रम पढाइन्थ्यो अहिले राष्ट्रपतिबाट पढाइन्छ त्यो चाहिँ परम्परागत हुन्छ भन्ने मान्यतामा म पनि सहमत पाउँछु।’

उनले कयौँ कुराहरू कर्मकाण्डी रहेको उल्लेख गर्दै गत सालतिरका सरकारले जस्तै ल्याएकाले आफैँले ल्याएकोजस्तो भनेर समर्थन गर्नुपर्ने बताए।

नले परम्परागत भएपछि नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति भएको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर