सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आह्वान- हामी नफुटौँ, जुटौँ, खटौँ र डटौँ – Nepal Press

सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आह्वान- हामी नफुटौँ, जुटौँ, खटौँ र डटौँ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कसैको अगाडि लम्पसार परेर बाच्नु आफ्नै अपमान भएको टिप्पणी गरेका छन्।

शनिवार सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पहिचान मौलिकता र सभ्यता स्वाभिमान भएको बताए।

उनले भने, ‘हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अङ्गाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ।’

उनले राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो भएको उल्लेख गर्दै नेपालको पिर मर्का बुझ्न नेपाली मनले मात्र सक्ने बताए।

‘अब हामी भन्छौँ, मिलौँ। हामी सबै मिलौँ। त्यसैले हामी भन्दछौँ, जुटौँ। हामी सबै एक भएर जुटौँ। त्यसैले हामी भन्दछौँ, हामी नफुटौँ। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ। त्यसैले फेरि पनि भन्छौँ, जुटौँ, खटौँ र डटौँ’, उनले भनेका छन्।

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न आह्वान गरे।

 


प्रतिक्रिया

One thought on “सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आह्वान- हामी नफुटौँ, जुटौँ, खटौँ र डटौँ

  1. राजा ज्ञानेन्द्रले भनेको कुरा एकदम सहि हो र वमय शान्दर्भिक पनि छ। दलको पछि लागेर देश बिग्रियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर