सेमिफाइनलमा चुक्यो नेपाल, काजकिस्तानसँग पराजित – Nepal Press
काभा महिला भलिबल

सेमिफाइनलमा चुक्यो नेपाल, काजकिस्तानसँग पराजित

काठमाडौं । काजकिस्तानसँग ३-२ को सेटमा पराजित हुँदा नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनल पुग्न असफल भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न सेमिफाइनलमा पहिलो सेट गुमाएको नेपमलले त्यसपछिका दुई सेटमा लगातार जित निकाल्दै जित नजिक पुगेको थियो । तर, चौथो र पाँचौं सेटमा चुकेको नेपालले घरेलु दर्शकलाई निराश पार्याे ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा एक समय बनाएको ४ अंकको अग्रता बचाउन नसक्दा नेपालले दबाब खेप्नु परेको थियो । नेपाल १७-१४ ले अघि रहँदा लागातार उज्वेकिस्तानले ४ अंक ल्याउँदै पुनरागमन गर्न सफल भयो । जसको मद्दतमा उज्वेकिस्तानले नेपाललाई २८-३० ले पराजित गर्याे ।

प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालका लागि सबैभन्दा धेरै सरस्वती चौधरीले ६ अंक जोडिन् । सफिया पुन, निरूता ठगुन्ना र उषा भण्डारीले समान ३ अंक जोडे ।

दोस्रो सेटमा सुरूआतदेखि बनाएको अग्रतालाई कायम राख्दै २५-१६ को जित निकालेको नेपालले तेस्रो सेटमा पनि निरन्तर अग्रता लियो । र, २५-१५ ले तेस्रो सेट आफ्नो पक्षमा पार्याे ।

दोस्रो सेटमा पनि सरस्वती चौधरीले सबैभन्दा धेरै ५ अंक योगदान गरिन् । सफियाले ३ र निरूता र उषाले २-२ अंक जोडे । यस्तै, तेस्रो सेटमा उषाले ६ र निरूताले ५ अंक जोडे ।

लगातार दुई सेट जितेर जित नजिक पुगेको नेपालले तेस्रो सेटमा फितलो प्रदर्शन गर्याे । सुरूवातदेखि लगभग दोब्बर अंकले उज्वेकिस्तानले अग्रता बनाउँदा नेपाल १८-२५ ले पराजित हुन पुग्दा खेल पाँचौ सेटमा पुगेको थियो ।

पाँचौं सेटमा पनि नेपालले आफ्नो प्रदर्शन सुधार्न सकेन । करिब दोब्बर अंकले पछि परेको नेपालले अन्तिम सेट ७-१५ ले काजकिस्तानलाई सुम्प्यो ।

प्रतियोगितामा सबैभन्दा बलियो मानिएको काजकिस्तानले अब उपाधिका लागि आइतबार भारतको सामना गर्नेछ ।

पराजित नेपालले तेस्रो स्थानका लागि शनिबार उज्बेकिस्तानसँग खेल्नेछ । भारत समूह ‘ए’ र काजकिस्तान समूह ‘बी’ बाट अपराजित रहँदै फाइनल पुगेका हुन् ।

तस्बिरहरू : उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर